युवा उद्यमीको पिडा : दुःख गरेर ब्युताएको उद्योग फेरी बन्द हुनेहो की ?

लकडाउनका कारण देशभरको उद्योग ब्यवसाय जस्तै रुपन्देहीको ओमसतियाका युवा अमृत भुसालले सन्चालनमा ल्याएको भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि. समेत लकडाउनको मारमा परेको छ ।

पटवा केबलको नाममा ०६२ सालमा स्थापना भएको उक्त उद्योग एक बर्ष चलेपछि बन्द भई पुनः २०७५ सालदेखि अमृत भुसालको नेतृत्वमा रहेको भुसाल ग्रुपले स्वामित्व लिएसंगै उद्योग पूर्ण रुपमा संचालनमा आएको थियो । २८ बर्षिय युवा उद्यमी भुसालले अत्यन्त आक्रमक बजार योजनाका साथ दोश्रो पटक सन्चालनमा ल्याएपछि रुपन्देहीमा छोटो समयमै स्थापित उद्योगको रुपमा आफुलाई उभ्याई सकेको थियो ।

बिजुलीको जडानमा प्रयोग हुने टु फेज, थ्रि फेज तारहरु, हाइड्रो पावर, टेलिकम तथा औद्योगिक प्रयोजनका लागि प्रयोग हुने सबैका प्रकारका तारहरु संगै बोर्ड, पाइप तथा लिस्टीहरु उत्पादन गर्दै आएको उक्त उद्योग सन्चालन गरेका युवा उद्यमी निराश हुने अवस्थामा पुगेका छन ।

भुसालले बन्द भई सकेको उद्योगलाई सन्चालनमा ल्याएर औद्योगिक क्षेत्रमा युवाहरुको उदाहरणीय प्रवेश र पहिचान बनाउने तयारीमा लाग्दा लाग्दै कोरोनाको महामारीले उद्योग र उत्पादनको आक्रमक बजार योजना सुस्ताउन बाध्य बनाएको छ । करीव साढे ४ करोडको लगानीमा स्थापित उक्त उद्योगमा १६५ जनाले प्रत्यक्ष र १ हजार भन्दा माथि विद्युत सम्बन्धी काम गर्ने व्यक्तिहरुले अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका थिए । लकडाउन अगाडी सम्म २ सिफ्ट संचालनमा थियो अहिले ८० देखि ८५ जना कामदारहरुले एक सिफ्ट मात्र काम गरि रहेका छन ।

अमृतको मेहनत र उद्योग सन्चालनको योजनाबाट प्रभावित भएर गत बर्ष रुपन्देही उद्योग संघले उनलाई उत्कृष्ठ युवा उद्यमीको रुपमा सम्मान तथा पुरस्कृत गरेको थियो ।

अमृत भन्छन “म व्यापारिक परिवारमा हुर्केको व्यक्ती हुँ । बुवा आमाको व्यवसायिक लगावले मलाई पनि सानैदेखि व्यवसाय तर्पm आकर्षित गरेको हो । मैले सानैदेखि बुवा आमालाई सघाउने गर्दथे । एस.एल.सी. पश्चात् अध्ययनका लागि म काठमाडौं गए । अध्ययनकै शिलशिलामा देशको व्यवसायिक वातावरण संभावना र अवसरहरुको बारेमा बुझ्दै जान थालें । काठमाडौंका विभिन्न स्थानहरुमा आयोजना हुने औद्योगिक सेमीनारहरुमा निरन्तर भाग लिंदै जाँदा मेरो मनमा उद्यमी बन्ने रहर बढ्दै गयो । राम्रो उद्योग खोल्ने र धेरै भन्दा धेरै रोजगारी श्रृजना गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पु¥याउने लक्ष्यका साथ अध्ययन सकेर म बुटवल फिर्ता भएको हुं । नेपालमा उर्जा क्षेत्रमा रहेको सम्भावनालाई उत्पादनसँग जोडिनुपर्ने भन्ने बुवाको सुझावलाई मध्यनजर गरी वायर इण्डष्ट्रिजमा प्रवेश गरेको हुँ । ”

उद्योगले बुद्ध ब्राण्डका विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । नविनतम प्रविधि, गुणस्तरीय उत्पादन, छिटो छरितो सेवालाई प्राथमिकता दिंदै आएको दावी गर्ने अमृतले उद्योगका दक्ष कर्मचारीहरु, योग्य इन्जिनियरहरु, उत्कृष्ट ल्याव र मेशिनरीको प्रयोगले उद्योगको उत्पादन क्षमतालाई बढाउने तयारीमा रहदै गर्दा बिश्वब्यापी संकट आईलागेकोले निराश बनाएको बताउछन । बन्द भएको उद्योगमा हात हालेका अमृतलाई प्रदेश नं.५ को ५० प्रतिशत खुद्रा बजार ओगट्न सफल हुदाहुदै पनि फेरी बन्द गर्नु पर्ने बाध्यता आईलाग्ने हो कि भन्ने चिन्ताले सताएको छ ।

अमृत भन्छन “बन्द उद्योग संचालन गरिरहँदा कुनैपनि क्षेत्रबाट हौसला र सुरक्षणको प्रत्याभूतीको आभाष पाउन सकेका थिएनौ त्यसमाथी कोरोनाको संकट आई लाग्यो । स्वदेशी उद्योगको संरक्षणका लागि राज्यको दृष्टिकोण स्पष्ट हुन जरुरी छ । नीतिको सही कार्यान्वयनका लागि रुपन्देही उद्योग संघ जस्ता व्यवसायिक संघसंस्थाहरु मार्पmत निजी क्ष्ँोत्रको साथ र समर्थन उत्तिकै जरुरी छ ।”

देशमा थुप्रै खालका परिवर्तनहरु भए तर उद्योगहरुले संरक्षण र विकासको दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । राज्यको संरक्षण नीति आवश्यक छ । एकातर्पm स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न र अर्कातर्पm विदेशी वस्तुहरुलाई भन्सार मूल्यांकनलाई विशेष मध्यनजर गरी भन्सार मूल्य बृद्धि गर्ने र सरकारी आयोजना र टेण्डरहरुको खरिदमा स्वदेशी उत्पादनलाई अनिवार्य गरिनुपर्दछ । उनले आशा अझै बांकी रहेकोमा आश्वस्त हुन छोडेका छैनन ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ जस्तै कपर (तामा), आल्मुनियम, मास्टर ब्याच आदि स्वदेश तथा विदेशका विभिन्न देशहरु दुवई, भारत, सिंगापुर, मलेसिया लगायतका मुलुकहरुबाट आयात गराउँदै आएको उनको उद्योगका लागि दुवईबाट आयत हुने कच्चा पदार्थको आयात रोकिएको छ ।

अमृत भन्छन “लकडाउनका कारण बिश्व बजारमै कच्चा पदार्थको दरभाउ महंगीएको छ तर कच्चापदार्थको दर रेट महंगो भयो भनेर उत्पादीत बस्तुको मुल्य बढाउन पाईने अवस्था छैन यसले पनि उद्यमीहरु मर्कामा छन । ”

अव अमृतलाई एउटै चिन्ता छ जेनतेन स्थानीय बजारमा उपलब्ध कच्चा पदार्थको प्रयोग गरेर केही दिन यता उत्पादन सूरु गरेको उनलाई फेरी बजारको समस्या जस्ताको तस्तै भएका कारण दुख र मेहनतका साथ बचाएको उद्योग बन्दाबन्दीका कारण बचाउन सकिदैन की ? । अमृत भन्छन अझै आशा मारी सकेको छैन जसरी पनि बचाउनु पर्छ ।

प्रकाशित मिति: December 31, 2020